सदनमा सांसदलाई स्वविवेक !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैशाख २७ गतेको सदनमा स्वविवेक प्रयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने कि विपक्षमा गर्ने भन्नेबारे सहमति नजुटेपछि पार्टीले  विपक्षमा मतदान गर्ने वा तटस्थ रहने भन्नेमा सांसदलाई स्वविबेक प्रयाेग गर्न दिने निष्कर्ष निकालेको हो ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा आइतबार बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछी नेता राजेन्द्र श्रेष्ठले मकालु खबरसँग भने– ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ । हामी चाहिँ विपक्षमा मतदान गर्छौं ।’

यसअघि महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जसपाले भने तटस्थ बस्ने निर्णय गरेको थियो । बुढानीलण्ठ र बालुवाटार पुगेका उनीहरुले आफू ‘तटस्थ नै बस्छौँ’  भन्ने जानकारी गराएका थिए । यसपछि जसपाले ह्वीप जारी नगर्ने निष्कर्ष निकालेको हाे ।

प्रतिक्रिया