नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) महामारीसँग जुध्न एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीलाई अस्पतालसम्म पुग्न समस्या भइरहेकोले नेपाल चेम्बरले क्षेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।

हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नम्बर ०१–५३३०९४७ वा क्षेत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने जनाएको छ ।

 

प्रतिक्रिया