सिटिजन लाइफको खुद बिमा शुल्क आम्दानी १०९ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास(चैतसम्म) मा खुद बीमा शुल्क २ अर्ब ४४ करोड १० लाख २६ रुपैयाँ आर्जन गरेको छ । यो गतै आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.८ प्रतिशतले कढी हो । गत वर्ष सोही अवधिमा १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क पनि यो अवधिमा १०९.८६ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कुल बिमा शुल्क १ अर्ब १८ करोड ५३ लाख ११ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा जीवन बीमा कोषमा ३ अर्ब १ करोड ११ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको तुलनामा यो १३८.०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २६ करोड ४९ लाख ३६ हजार कुल बीमा शुल्क आर्जन भएको थियो ।

त्यस्तै, यस अवधिमा खुद नाफा १.२७ प्रतिशतले बढेर १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ आर्जन भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा ११.०३ प्रतिशत बढेर ३ अर्ब ८३ करोड ९९ लाख रुपेयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३ अर्ब ४५ करोड ८३ लाख ५७ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ६५.४६ प्रतिशतले बढेर ७६ करोड ५७ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया