हिमालयन डिस्टिलरीको नाफा ५३ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैतसम्म) मा ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा खुद नाफा कमाएको थियो । गत आर्थिक बर्षको यस अवधिको तुलनामा यो नाफा ५३.८९ प्रतिशत बढी हो ।

कमपनीले कुल ३ अर्ब ८९ करोड रुपैयाँ को बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँको कुल बिक्री गरेको थियो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा तुलनामा बिक्री रकम ९ प्रतिशतले बढी हो ।

कम्पनीले गएको आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०३.३८ रुपैयाँ पुगेको कम्पनीको विवरणमा उल्लेख छ । । गत वर्ष यही अवधिमा ईपीएस १००.७६ रुपैयाँ रहेको थियो । कम्पनीको तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ ।

कम्पनीका उत्पादनको उच्च गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण र उत्पादित ब्राण्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वासका कारणले नाफा वृद्धि भएको कम्पनी जनाएको छ । त्यस्तै, कुशल व्यवथापनका कारण पनि नाफामा सुधार आएको जनाएको छ ।

प्रतिक्रिया