‘सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट’

बेइजिङ । स्पेनको चिनियाँ नीति सर्वेक्षण गर्ने एउटा वेबसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको जनाएकाे छ ।

चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ । पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दाबी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरुचाइने गरेको उल्लेख छ ।

जिुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेबसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताए । रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरू मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् ।-सिन्ह्वा

प्रतिक्रिया