मेलम्ची नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन कार्यमा रोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो नदी क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन कार्य बन्द गर्ने निर्णय गरेको छ ।

नगरकार्यपालिकाले शुक्रबार सूचना जारी गर्दै इन्द्रावती, मेलम्ची तथा सिन्धुखोला नदी क्षेत्रमा कच्चा पदार्थको उत्खनन् कार्य बन्द गरिएकाले नदीजन्य कच्चा पदार्थको उत्खनन तथा संकलन नगर्नसमेत अनुरोध गरेको छ ।

‘२०७८।०१।२४ गतेको निर्णयअनुसार मिति २०७८।०१।२५ गते बिहान ६ बजेदेखि लागू हुनेगरी ईन्द्रावती’ मेलम्ची तथा सिन्धुखोला नदी क्षेत्रमा मेशिनरी औजारको प्रयोगबाट नदीजन्य कच्चा पदार्थको उत्खनन् कार्य बन्द गरिएको हुँदा उक्त क्षेत्रमा नदीजन्य कच्चा पदार्थको उत्खनन् तथा संकलनको कार्य नगर्नू/नगराउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया