अख्तियार पूर्वप्रमुख बस्न्यातलाई ५ लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न शुक्रबार सर्वोच्चले आदेश दिएको हो ।

बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने फाइल उठाएको भन्दै आफ्नै पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया