अक्सिजन आपूर्तिमा समस्या : अल्का अस्पताल

काठमाडौं । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गदैं अल्का अस्पतालको प्रशासन विभागले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो ।

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ,’ अल्का अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले भने‚ ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदैँ गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ?’

अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० सिलिन्डर आवश्यक परेको उनले जनाएका छन् । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको बताएका छन् ।

अस्पतालले अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मी लगायत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया