एनएमबि बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । एनएमबि बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । वार्षिक ८.५० प्रतिशत ब्याज दिनेगरी बैंकले१० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ ।

प्रतिकित्ता १ हजार अंकित दरको उक्त ऋणपत्र जेठ २ गतेदेखि निष्कासन हुने बैंकले जनाएको छ ।

२० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरले बिक्री गर्ने बैंकले जनाएको छ । यसको रकम १ अर्ब २० करोड हुन्छ । ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बिक्री गरिने छ । भने बाँकी सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

ऋणपको निष्कासन छिटोमा जेठ ५ गते ढिलोमा जेठ १६ गते बन्द हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया