बादल नै बने उम्मेदवार, होलिकोप्टरमार्फत उडे हेटौंडा

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने सदस्यका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले यसबारे निर्णय गरेको हो ।

उम्मेदवार बन्नेबित्तिकै बादल हेलिकोप्टर चढेर बागमती प्रदेशको केन्द्र हेटौंडा उडेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरमार्फत गएका हुन् । उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

राष्ट्रिय सभा उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । यसअघि पनि एमालेले बादललाई नै उम्मेदवार बनाउने भनेका थियो । तर, कांग्रेस, माओवादी, डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी र विपक्षी एमालेले एमाले नेता खिमलाल देवकोटालाई अघि बढाउने भएपछि पहिले मत विश्लेषण गरेर मात्रै उम्मेदवारको टुङ्गो लगाउने भएको थियो । तर, शुक्रवार बसेको बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया