खोप उपलब्ध गराउन अमेरिकी राजदूतलाई पत्र

काठमाडौं । विभिन्न पेशामा आवद्ध नेपालीले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई पत्र लेख्दै कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउनका लागि हस्ताक्षर संकलन गरेका छन् ।

नेपालमा कोरोनाको संक्रमणदर उच्च रहेको भन्दै संक्रमण नियन्त्रण गर्नका लागि भ्याक्सिन उपलब्ध गराउन विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिले हस्ताक्षर संकलन गरेका हुन् ।

पत्रमा भारतमा कोभिड-१९ को दोस्रो लहर चलिरहँदा नेपालका केही स्थानमा परीक्षण गरिएकामध्ये ९० प्रतिशतमा कोरोना देखिएको र यसअघि पनि संकटको घडीमा अमेरिकाले सहयोग गर्दै आएको उल्लेख गर्दै भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरिएको छ ।

उक्त पत्रमा आफ्नो हस्ताक्षर संकलन गराउन यो लिंकमार्फत् जान सकिनेछ ।

प्रतिक्रिया