कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि सल्लाह गर्न कांग्रेसले बैठक आह्वान गरेको हो ।

आउँदो शनिवार आह्वान गरिएको बैठकको खास एजेण्डा नै ‘प्रधानमन्त्रीले लिने विश्वासको मत’ रहेको कांग्रेस सांसद पुष्पा भुसालले मकालु खबरलाई जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने निर्णय लिनुभएपछि हामीले पनि पार्टी कमिटीहरुको बैठक आह्वान गरेका हौँ,’ सांसद भुसालले भनेकी छन् ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकमार्फत प्रधानमन्त्री ओलीलाई असफल बनाउने निर्णय गरिसकेको छ । तत्पश्चात् पनि प्रधानमन्त्री ओलीले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेर सदनमा विश्वासको मत मागेका थिए । जवाफमा देउवाले दिन नसक्ने बताएका थिए ।

सदनमा ओली अल्पमतमा छन्, तैपनि विश्वासको मत लिने भएका छन् । यता विपक्षी एमालेका नेताहरुले भने सामूहिक राजीनामा दिने बताइरहेका छन् ।

प्रतिक्रिया