४ सांसद र २ कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौं । प्रतिनिधि सभाका चारजना सांसदलाई कोभिड संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परीक्षणमा सांसदहरु लक्ष्मणलाल कर्ण, पार्वती डीसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालय श्रोतले जानकारी दिएको छ ।

यस्तै, सचिवालयका दुई कर्मचारीलाई पनि कोभिड पुष्टि भएको छ ।

सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सांसद र २ कर्मचारीबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया