थप ८६५९ जनामा कोरोना‚ ५८ को मृत्यु
२०७८ वैशाख २२ गते

काठमाडौं । नेपालमा बुधबारमात्रै ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ । यो एकैदिन मृत्यु हुनेको संख्या हालसम्मकै उच्च हो ।
नेपालमा हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेकोमा ६१ हजार ५८८ संक्रमित होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरबाट १ हजार ९९३ संक्रमणमुक्त भएका छन् ।
२०७८ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित









