भारतीय केन्द्रीय बैंकद्वारा ५ खर्बको कोभिड स्वास्थ्य सेवा कोषको घोषणा

काठमार्डौं । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले कोभिड स्वास्थ्य उपचार सुविधाका लागि ५ खर्ब भारु (५० हजार करोड)को राहत कोषको घोषणा गरेको छ । बैंकका गभर्नर शक्तिकान्त दासले बुधबार बिहान यस्तो घोषणा गरेका हुन् ।

मौद्रिक नीतिका व्यवस्था अन्तर्गत केन्द्रीय बैंकले बैंकहरुलाई तरलता अभिवृद्धिका लागि रकम उपलब्ध गराउने भएको हो ।

बैंकले उपलब्ध गराएको रकमलाई ४ प्रतिशत रहेको रिपो दरमा कोभिडविरुद्धको खोप अस्पतालहरु, निर्माण गर्ने कम्पनी, खोप ढुवानीकर्ता, निर्यात कर्तालगायतलाई ऋण उपलब्ध गराउन सक्नेछन् ।

आरबीआईले दोस्रो पटक दुई हप्तामा ३ खर्ब ६० अर्ब (३६ हजार करोड) भारुको सरकारी धितोपत्र खरिद गर्ने समेत उनले बताएका छन् । त्यस्तै, प्रदेशहरुका लागि ओभर ड्राफ्ट सुविधामा (ऋण) दिने भएको छ । यस्तो सुविधा ३० सेप्टेम्बरसम्म जारी रहने गभर्नर दासले बताएका छन् ।

आरबीआईले खुद्रा व्यापारीका लागि पनि छुट्टै कर्जा सुविधाको व्यवस्था गरेको छ । यसअघि कर्जा सुविधा नलिएका खुद्रा व्यापारिलाई नयाँ व्यवस्थाले सहयोग पुग्ने आरबीआइको धारणा छ ।

कोरोनाको महामारी फैलिएका आरबीआईले बैंक तथा वित्तीय संस्थाका सेवाग्राही पहिचान (केवासी)का लागि भिडियामा आधारित पहिचान प्रणालीको व्यवस्था गर्न भएको छ । यसले गर्दा महामारीका कारण बाहिर निस्किन नसकेका सेवाग्राहीले पनि घरमै बसेर केवाइसी अद्यावधिक गर्न सक्ने र बैंकिन सुविधा लिन समस्या नहुने विश्वास केन्द्रीय बैंकले गरेको छ ।

 

प्रतिक्रिया