माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीले समर्थन फिर्ताको निर्णय भने बुधबारमात्रै संसदमा बुझाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया