कतार सरकारले दियो १४ नेपालीलाई आममाफी
२०७८ वैशाख २१ गते

काठमाडौं । रामदान पर्वको अवसरमा कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी दिएको छ ।
कतारस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कतारको केन्द्रीय कारागार तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेकाहरुलाई आममाफी दिएको जनाएको छ ।
आममाफी पाएका नेपालीहरुका लागि नेपाल फर्कनको लागि सहज बनाउनका लागि कतार सरकारका सम्बन्धित निकायसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्नसमेत जनाएको छ ।
यसअघि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाली कैदी बन्दीहरुको रिहाइका लागि राजदूतावासको तर्फबाट कतारसमक्ष आग्रह पनि गरेको जनाइएको छ ।

२०७८ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित








