मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको जनाएको  छ ।

उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले उल्लेख गरेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको जनाइएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com