कोभिड उपचार गर्न सामाजिक सुरक्षा कोषका योगदानकर्ताले १ लाख पाउने

काठमाडौं । सामाजिक कोषमा आवद्ध हुने योगदानकर्ताले कोभिड उपचारका लागि १ लाख रुपैयाँसम्म पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले असार मसान्तसम्म योगदानमा आधारित कोषमा आवद्ध हुनेले कोभिड उपचारका लागि १ लाख रुपैयाँ र आइशोलेसनमा बस्नेले २५ हजार रुपैयाँसम्म पाउने भएका छन् ।

कोषमा पारिश्रमिकको तोकिएको प्रतिशत रकम निरन्तर रुपमा जम्मा गरेका श्रमिकको उपचारका लागि कोषले रकम उपलब्ध गराउने भएको छ । कोषमा आवद्ध श्रमिकको कोरोनाको कारण मृत्यु भए आइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतरकम आश्रित परिवारलाई आजीवन निवृत्तिभरणको रुपमा दिइने पनि जनाएको छ । आश्रित बालबालिकाको हकमा भने १८ वर्ष उमेर पूरा नभएसम मृतकले पाउने गरेको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैषिक वृत्तिका रुपमा दिइने जनाएको छ ।

यो योजनाअन्तर्गत कोषले निवृत्ति भरण अन्तर्गतको २० प्रतिशत रकम अवकाश सविधा योजनाअन्तर्गत हस्तान्तरण गर्ने व्यवस्था गरेको छ । कोषले वृद्धि अवस्था सुरक्षा योजनाअन्तर्गत पारिश्रमिकको २८.३३ प्रतिशत रकम कोषमा जम्मा हुने व्यवस्था गरेको छ । उक्त रकम मध्ये २० प्रतिशत निवृत्तिभरण योजनामा र ८.३३ प्रतिशत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरेको छ ।

अवकास सुविधा अन्तर्ग जम्मा भएको रकमको ८० प्रतिशतसम्म विषेश सापटीको रुपमा योगदानकर्ताले चलाउन पाउने व्यवस्था पनि गरेको छ ।

कोषमा हालसम्म १३ हजार ७ सय ९७ रोजगारदाता र २ लाख ९ सय ९६ हजार योगदानकर्ता आवद्ध भएका छन् । सरकारले ११ मंसिर २०७५ मा सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षा योजना सुरु गरेको थियो ।

प्रतिक्रिया