काठमाडौं उपत्यकाका सिडिओको बैठक शुरू, लकडाउन अझ कडा बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक शुरु भएको छ । बैठक भर्खरै शुरु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मकालु खबरलाई जानकारी दिए । बैठकले निषेधाज्ञा शुरु भएयताका ६ दिनको समीक्षा गर्दै अब के गर्ने भन्नेबारेमा निर्णय गर्ने उनले जानकारी दिए ।

बैठक भर्खरै शुरु भएकाले छलफलपछि निर्णय हुने उनले बताए । तर तीनवटै जिल्ला प्रशासन कार्यालय श्रोतका अनुसार अब थप कडाइका साथ निषेधाज्ञा बढाउने तयारी गरिएको छ ।

पहिलो चरणमा ७ दिनका लागि लागू गरिएको निषेधाज्ञा भोलि बुधबार राति १२ बजेदेखि सकिँदैछ । पहिलो चरणको निषेधाज्ञा कोभिड नियन्त्रणका लागि प्रभावकारी देखिएको भएपनि मानिसको आउजाउ भने नरोकिएकाले दोश्रो चरणमा अझ कडाइका साथ निषेधाज्ञा लगाउनुपर्ने जिल्ला प्रशासन कार्यालयहरु एकमत छन् ।

‘फेरि पनि एक हप्ताका लागि लकडाउन लम्ब्याउने र थप कडाइ गर्ने तयारी छ । आजको बैठकले त्यसलाई आधिकारिकता दिनेछ’ श्रोतले भन्यो ।

प्रतिक्रिया