कोकाकोलाको ‘स्टप द स्प्रेड’ कोष

काठमाडौं । पेय पदार्थ ब्रान्ड कोकाकोलाले कोरोना महामारी नियन्त्रणमा सघाउ पुर्‍याउन २ करोड ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कोभिड-१९ महामारी रोकथामको समर्थनमा विश्वव्यापी रूपमा ‘स्टप द स्प्रेड’ कोष सिर्जना गरिएको कम्पनीले हाे ।

सहयोग रकममार्फत नेपालमा खोप अभियानसँगै समुदायलाई पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजरलगायत सुरक्षा सामग्री प्रदान गरिने बताइएको छ । खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ ।

यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, स्यानिटाइज) प्रदान गरेर महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया