मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बिचौलिया हाईहाई, जनता बाईबाई

राजा दशरथका छोरा चारै भाइको शिक्षा ऋषि वशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरुको बिदाइ साइत निश्चित हुन्छ । राजकुमारहरुलाई लिन महामन्त्री सुमन्त राजकुमारहरुको भेषभुषासहित राजाको तर्फबाट अनेकौं बहुमूल्य वस्तुहरू गुरू दक्षिणास्वरुप लिएर ऋषि आश्रम पुग्छन् । महामन्त्रीले गुरु दक्षिणाका लागि ऋषिलाई आग्रह गर्छन् ।

तर गुरु दक्षिणा राजाबाट नभई रामबाट लिने सर्त राख्दै भन्छन्‚ ‘यी चीज सबै राजालाई लगेर बुझाइदिनू ।’ महामन्त्री सुमन्त नयाँ प्रस्ताव राख्दै भन्छन्‚ ‘यो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरिराख्नुस् ।’ त्यसको प्रत्युत्तरमा गुरु रिसाउँदै भन्छन्‚ ‘राजा, मन्त्री र गुरुले धन संग्रह गर्नुहुन्न । राजाले धन संग्रह गरेमा जनता गरिब हुन्छन् र देश कंगाल हुन्छ । मन्त्रीले धन संग्रह गरेमा भ्रष्टाचार भई अराजकता बढ्छ । गुरुले धन संग्रह गर्न थालेमा शिक्षाको मूल्य मान्यतामा ह्रास आउँछ र मूर्खहरुको साम्राज्य फैलिन्छ ।

बीपी नेपाली राजनीतिका यस्ता सत्पात्र थिए कि उनी प्रधानमन्त्री भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको तलब १२ सय रुपैयाँ कटौती गरेका थिए ।

यातायातामन्त्री गणेशमानसिंहमाथि आर्थिक घोटालाको विषयलाई लिएर राजा महेन्द्रले प्रश्न उठाए । राजदरबारमा राजा भेट्न पुगेका बीपीले यो विषयमा सत्यतथ्य बाहिर नआउन्जेल आफूले दरबार नछाड्ने अडान लिए । प्रधानमन्त्रीले आफ्नो मन्त्री जोगाउन प्रमाण नष्ट गरेको आरोप नलागोस् भन्नेमा बीपी सचेत थिए । गणेशमानमाथि छानबिन भयो । उनी निर्दोष रहेको खुलेपछि बल्ल बीपी दरबारबाट निस्किए ।

बीपी नेपाली राजनीतिका यस्ता सत्पात्र थिए कि उनी प्रधानमन्त्री भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको तलब १२ सय रुपैयाँ कटौती गरेका थिए । सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानी, थारु समुदायका परशुनारायण चौधरीदेखि २१ वर्षीय तरुण भरतमणी शर्मासमेत त्यो मन्त्रिपरिषद्का सदस्य थिए । समावेशी सलादको यो अनुपम नमूना थियो । उनका पिताजी कृष्णप्रसाद कोइराला समाजसुधारक थिए, जसले छोरी बुहारी शिक्षित बनाउन आदर्श स्कुल जन्माए ।

राजनीतिमा विद्वताभन्दा ईमानको ठूलो महत्व छ । नेतृत्वमा त्याग भएन भने त्यसको ऋण पुस्ता पुस्तासम्म फैलिन्छ । जुनजुन देश समृद्धिको आकाश छुन सफल छन्, त्यसको एउटै रहस्य नेतृत्वको देशप्रेम हो । देशप्रेम भनेको जन्मिएको माटोसँग लगावमात्र नभएर जनताप्रतिको जवाफदेहिता र उत्तरदायित्व पनि हो ।

खरिदार हुँदै भन्सारको ठेकेदारसम्म भएका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भए । यो देखेर कोइराला परिवारका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो । फलस्वरुप दुई भाइ विश्वनाथ र केदारनाथ उपाध्याय प्रधानन्याधीश भए । अर्का भाइ बैजनाथ उपाध्यायको भाग्यमा सर्वोच्चको मुखिया हुने लेखिएन । राजनीतिक कोपभाजनमा परेर उनको कार्यकाल सकियो ।

राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोराहरुलाई सेनाको हेडसर बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए- रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजा महाराजाको वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रजस्तै सुनिन्थ्यो । दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम राजाको प्रकृतिकै राख्नु संयोगमात्र थिएन ।

गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए । चार सन्तानमध्ये तीन सन्तान फौजीमै लागे । तर सेनाप्रमुख राजेन्द्रबहादुर क्षेत्री मात्र भए । रमिन्द्र माओवादी आक्रमणको शिकार भए । राजा महेन्द्रले छोरालाई मात्र होइन, छोरीहरुलाई आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलन विधिवत विजारोपण गरे ।

राजनीतिमा विद्वताभन्दा ईमानको ठूलो महत्व छ । नेतृत्वमा त्याग भएन भने त्यसको ऋण पुस्ता पुस्तासम्म फैलिन्छ । जुनजुन देश समृद्धिको आकाश छुन सफल छन्, त्यसको एउटै रहस्य नेतृत्वको देशप्रेम हो । देशप्रेम भनेको जन्मिएको माटोसँग लगावमात्र नभएर जनताप्रतिको जवाफदेहिता र उत्तरदायित्व पनि हो ।

संकेत कोइराला

राजाका हरेक कर्म लालमोहरसरह हुने गर्थे । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन । चिनेको र किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्ने नै भए ।

सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरीहरू राजामहाराजाको बुहारी बनाए । राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए ।

उनको इतिहास यति सकसपूर्ण थियो कि बाह्रमासे जुवाडे जंगबहादुरले सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो ।

अरु त अरु नेपालको सबैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् । समय फेरिएपनि हाम्रो शासन प्रणालीमाथि कुतर्क र कपट खेल खेलेर देशलाई गुठी बनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

एउटाको त्यागलाई ब्याजका रुपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एसियामै भाइरस बनेर उपस्थित छ । झन् देशभन्दा माथि व्यक्ति उभ्याउने चरित्र समकालीन विश्व राजनीतिमा देखापर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुर्कुचाले महान भारतको त्यो गर्विलो इतिहास कुल्चिएको छ । विश्वको सर्वोच्च हिमाललाई नेपाली नागरिकता पहिर्‍याएर गौरव गर्ने हामी अहिले केपी ओलीको निष्प्राण डमीमा रमाएका छौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भगवानको अवतार बनाइँदैछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त संविधान संशोधन गरेर आफूलाई सन् २०४० सम्मका लागि सुरक्षित गरेका छन् ।

घोषित अघोषित रुपमा विश्व राजनीति निरंकुशतन्त्रको बोलवालातर्फ अघि बढिरहेको छ । जुन परिदृश्य लोकतन्त्रवादी जनताका लागि अपसगुन हो । कोभिडले आक्रान्त पारेको विश्वलाई राजनीतिका नाममा देखिएको यो सिण्डिकेटले थप सकसमा पार्ने निश्चित छ ।

बीपीका छोराहरू जतिसुकै नालायक भएपनि लायक ठहरिए । गिरिजाप्रसादकी छोरी भएकै योग्यतालाई सुजाताले दशकौंदेखि भजाउँदै आएकी छन् । जबकी शुद्धसँग दुई लाइन नेपाली संवाद गर्ने क्षमता उनीसँग छैन । योग्यता के हो थाहा छैन तर प्रचण्डका सबै सन्तानलाई भीआईपी मान्नुपरेको छ । निजामती सेवामा एउटा बिडम्वना यो छ कि हाकिमको छोरोले हाकिम बन्ने चाह किमार्थ राख्दैन । आफ्नो बाउको कागजी विकासमा पोख्त हाउभाउबाट उ कायल भएको हुँदो हो । गीताले खबरदारी गर्दै भनेको छ- ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ । पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन् ।’

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँड बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उद्याउँथे । निःशस्त्र महिला केही नहुँदा पनि दुवै हातका औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा सामर्थ्य हेरेर मानिसहरू भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आफूले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो ।

गिरिजाप्रसादकी छोरी भएकै योग्यतालाई सुजाताले दशकौंदेखि भजाउँदै आएकी छन् । जबकी शुद्धसँग दुई लाइन नेपाली संवाद गर्ने क्षमता उनीसँग छैन । योग्यता के हो थाहा छैन तर प्रचण्डका सबै सन्तानलाई भीआईपी मान्नुपरेको छ ।

जनताको शरीरमा घात हुन नदिने वचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभबिना नहुने दिन आए ।

हुँदाहुँदा नेपालमात्र त्यस्तो देश हो, जहाँ राजस्व तिर्न पनि बिचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन्, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाई दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।

केपी ओलीलाई पानीजहाज, ग्यासपाइप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरुले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो । राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो ।

राजाको दरबारी नखरा जनताको छोराछोरीले प्रतिनिधित्व गर्ने संस्थामा पनि अक्षरशः अनुवाद गर्ने हो भने भएका राजनीतिक परिवर्तनप्रति जनतामा आस्था र विश्वास कहिल्यै नजाग्ने पक्का छ । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर, यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि सोमरससम्म पनि अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ?

नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पुर्‍याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । संसदका समितिहरू हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन । फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन ।

कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् । विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुझ्ने देशका सारथीहरुले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन् ।

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र होइन, एकजनाले त बन्दागोबीले नै झटारो हान्यो । जब बन्दागोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द ! हाम्रा विपक्षीहरुमध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कतिबेर लाग्दैन ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com