प्रेस स्वतन्त्रता दिवस : महामारी र विश्वसनीय सूचना

आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ मनाइरहेका छौं ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्षको मे ३ लाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो ।

यसपालीको प्रेस स्वतन्त्रता दिवस ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने मूल नाराका साथ मनाइँदै छ । कोभिड-१९ को संक्रमणले ग्रस्त पारेको झण्डै डेढ वर्ष पुगसकेकाले महामारीको समयमा विश्वसनीय समाचारहरू कति महत्वपूर्ण हुने रहेछन् भन्ने कुरा हामीले यो कोरोना-कहरका बिचमै पनि जानिसक्यौं ।

यदि पत्रकारले नै आफ्नो काम गरेनन् भने ? यदि हामीले प्रदान गर्ने सूचना, शिक्षा र हाम्रा लागि आवश्यक विषयमा बोल्न पाउने स्वतन्त्रतामा कुनै निकायले अंकुश लगाएको हुन्थ्यो भने ? यदि त्यस्तो हुन्थ्यो भने सही पत्रकारितको महत्व हराएर जान्थ्यो र हामी कुनै एक सीमित घेरामा बाँधिएर बस्नुपर्थ्यो । त्यसैले, अभिव्यक्ति स्वतन्त्रताको उचित प्रयोग गरी पत्रकारले आफ्नो संस्थागत मर्यादामा रहेर सत्य-तथ्य, सही, निष्पक्ष, वस्तुनिष्ठ, तटस्थ र विस्तृत रुपमा कुनै विषयको खोज गर्नु नै आजको आवश्यकता हो ।

समाचारको सही छनौट गर्न नसकेरै पनि अधिकांश मानिसले तथ्यमा आधारित र विस्तृत समाचारलाई तुलनात्मक रुपमा धेरै महत्त्व दिने गरेका छैनन् ।

हरसमय, अझ यस्तो महामारीको समयमा प्रकाशित समाचार सत्य-तथ्य र विश्वसनीय स्रोतमा आधारित हुनुपर्छ किनभने हाम्रो समाजमा गलत सूचना आफैँमा भाइरसभन्दा छिटो फैलने गर्छन्, जसले गर्दा हामीलाई र हामी वरिपरी रहेका सम्पूर्णलाई असर गर्छ । वस्तुनिष्ठ, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन गर्ने विषयमा समाचार संस्थाहरू सधैं नै जिम्मेवार बन्नुपर्छ ।

यदि पत्रकारले नै आफ्नो काम गरेनन् भने ? यदि हामीले प्रदान गर्ने सूचना, शिक्षा र हाम्रा लागि आवश्यक विषयमा बोल्न पाउने स्वतन्त्रतामा कुनै निकायले अंकुश लगाएको हुन्थ्यो भने ? यदि त्यस्तो हुन्थ्यो भने सही पत्रकारितको महत्व हराएर जान्थ्यो र हामी कुनै एक सीमित घेरामा बाँधिएर बस्नुपर्थ्यो । त्यसैले, अभिव्यक्ति स्वतन्त्रताको उचित प्रयोग गरी पत्रकारले आफ्नो संस्थागत मर्यादामा रहेर सत्य-तथ्य, सही, निष्पक्ष, वस्तुनिष्ठ, तटस्थ र विस्तृत रुपमा कुनै विषयको खोज गर्नु नै आजको आवश्यकता हो ।

हरेक दिन, एक असल पत्रकारले यस्तो महामारीको समयमा पनि अग्रपंक्तिमा रहेर सही सूचना प्रवाह गर्नका लागि उचित निकायमा पुगी आफ्नो मर्यादाभित्र रही समय सापेक्ष र निष्पक्ष प्रश्न सोध्छ ताकि सही सूचना बाहिर आओस् र मानिसहरूले त्यसलाई जान्न सकून् ।

पत्रकारहरू सत्य र प्रेस स्वतन्त्रताको युद्धमा अग्रपंक्तिमा होमिएका योद्धा हुन् । तर यो कार्यमा उनीहरू एक्ला भने छैनन् । उनीहरूले प्रवाह गर्ने सूचना सार्वजनिक सम्पत्तिजस्तै भएकाले यसमा जनताको साथ पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

मार्च २०२० मा हामीले एउटा खोज गरेका थियौं, जुन खोज सन् २०१९ नोभेम्बरमा चीनमा देखिएको कोभिड-१९ को पहिलो संक्रमित पत्ता लगाउनका लागि चिनियाँ सरकारद्वारा जारी तथ्यांकको आधारमा गरिएको थियो । चिनियाँ सरकारको उक्त तथ्यांक कत्तिको सही छ भन्ने उद्देश्यले हामीले त्यसलाई विभिन्न भागमा विभाजन गर्‍यौं । जसमा करिब एक तिहाई कोरोना संक्रमित, जसलाई कुनै लक्षण देखिएको थिएन र देखिएकालाई पनि सामान्य रुपमा देखिएको थियो, त्यस्ता संक्रमितलाई चिनियाँ सरकारले संक्रमितको सूचीमा राखेको थिएन । किनभने त्यसबेला वैज्ञानिकहरू लक्षण नभएका अथवा कम लक्षण भएका संक्रमितबाट पनि संक्रमण सर्न सक्छ भन्ने कुरामा सहमत थिएनन् ।

त्यस विषयमा हामीले प्रश्नका माध्यमबाट निरन्तर दबाब दिन थाल्यौँ । फलस्वरुप, त्यसको एक सातापछि चीनको नेसनल हेल्थ कमिसनले लक्षण नदेखिएका अथवा कम देखिएका तर कोरोना संक्रमण पुष्टि भएका मानिसहरूलाई पनि संक्रमितकै सूचीमा राख्न थाल्यो ।

अहिलेको युगमा हर क्षणमा सूचनाहरू प्रवाह भइरहन्छन् । मानिसहरू सूचना नै सूचनाको थुप्रोभित्र छन् । तर यसरी निरन्तर बाढीजसरी आइरहेका सूचनामध्ये पनि कुन सूचना विश्वसनीय र निष्पक्ष छ भन्ने विषयमा निर्णय गर्न सक्नु चाहिँ महत्त्वपूर्ण कुरा हो ।

पत्रकारहरू सत्य र प्रेस स्वतन्त्रताको युद्धमा अग्रपंक्तिमा होमिएका योद्धा हुन् । तर यो कार्यमा उनीहरू एक्ला भने छैनन् । उनीहरूले प्रवाह गर्ने सूचना सार्वजनिक सम्पत्तिजस्तै भएकाले यसमा जनताको साथ पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

(‘साउथ चाइना मर्निङ पोस्ट’मा प्रकाशित‚ हङकङकी पत्रकार टामको लेखको भावानुवाद ।)

प्रतिक्रिया