डिजिटल भुक्तानी उपकरण प्रयोग गर्न डेभलपमेन्ट बैंकर्स संघको आग्रह

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएशनले डिजिटल बैंकिङ उपकरणबाट कारोबार बढाउन सदस्य बैंक तथा सेवाग्रहीलाई आग्रह गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेको अवस्थामा डिजिटल उपकरणको प्रयोग सुरक्षित रहेको भन्दै एशोसिएशनले यस्तो यस्तो आग्रह गरेको हो ।

नेपालमा हाल एटीएम, क्युआर कोड, क्रेडिट कार्ड, डेबिड कार्ड, वालेट, मेइमेन्ट गेटवेहरुको प्रयोग बढाउन आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको पालना गर्दै स्थानीय तहसँगको समन्वयमा रहेर बैंकहरुले सेवा प्रवाह गर्न समेत एशोसिएशनले आग्रह गरेको छ ।

महामारीको अवस्थामा सेवाग्राहीलाई पर्न सक्ने समस्या समाधान गर्न बैंकहरुले हेप्प डेस्क तथा फोकल पर्सनहरुको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

बैंक खुल्ने समय, कारोबारको सीमा, सञ्चालनमा रहेका शाखा तथा स्थानहरुबारे सेवाग्राहीलाई सकेसम्म छिटो र सजिलो हुने गरी निरन्तर सूचना प्रवाह गर्न पनि एशोसिएशनले सदस्य बैंकहरुलार्य आग्रह गरेको छ ।

प्रतिक्रिया