श्रीवास्तव र शाही पुनः मुख्यमन्त्रीतिरै

काठमाडौं । लुम्बिनी प्रदेशका सांसदद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पुनः मुख्यमन्त्री शंकर पोखरेलतिरै फर्किएका छन् । आइतबार संयुक्त विपक्षी गठबन्धनको पक्षमा देखिएका श्रीवास्तव र शाही पुनः पोखरेलतिरै फर्किएका हुन् ।

आइतबार माओवादी नेता कूलप्रसाद केसीको दाबी पत्रमा हस्ताक्षर गरेका उनीहरु पुनः सोमबार मुख्यमन्त्रीतिरै फर्किएका हुन् । सूर्य चिह्नबाट चुनाव जितेका उनीहरु हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहबाट आएका हुन् ।

यद्यपि उनीहरुले आफूलाई स्वतन्त्र राजनीतिक समूहबाट आएको बताउँदै आएका थिए ।

प्रतिक्रिया