परीक्षण गरिएकामध्ये ४३ प्रतिशतमा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता परीक्षण गरिएकामध्ये ४३ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आँकडाअनुसार नेपालमा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण सुरु भएयताकै यो सर्वाधिक संख्या हो । १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित रहेका छन् भने आइसोलेसनमा ६७ जना रहेका छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ५ सय ९५ जना भेटिएका छन् । काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला १० दिनयताको कोभिड परीक्षण र संक्रमणदर:

प्रतिक्रिया