नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको संचालक समिति बैंठकले १७ वैशाखमा कायम मुकायम सीईओ खत्रीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरेको हो ।

खत्रीलाई सीईओ नियुक्त गरेपछि स्वीकृतिका लागि आइतबार बीमा समितिमा प्रस्ताव पठाएको छ । मकालु खबरसँगकाे कुराकानीमा सीईओ खत्रीले भने– ‘सञ्चालक समितिले मलालाई सीईओ नियुक्त गरेकाे छ, बीमा समितिले स्वीकृत गर्न बाँकी छ ।’

बिमा क्षेत्रका लागि अहिलेकाे काेभिड–१९ काे महामारी चुनाैतीपूर्ण अवस्था रहेकाे उनले बताए । ‘बीमा गर्ने अभिकर्ता र सर्भेयरहरू नै फिल्डमा जान नसक्ने जाेखिमपूर्ण अवस्था छ, ‘ उनले भने, ‘तै पनि अवस्था सँधै यस्ताे नहरला । सम्हालिँदै याे क्षेत्र पनि अघि बढ्छ भन्ने विश्वास लिएकाे छु ।’

२६ वर्षअघि नेशनल लाइफबाटै बीमा क्षेत्रमा करियर सुरु गरेका खत्रीले बैंलोरबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।

कम्पनीले यसअघिका सीईओ भरतबहादुर बस्नेतको पदावधि ५ पुसमा सकिएपछि डेपुटी सीईओ खत्रीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया