उपत्यकाको निषेधाज्ञामा थप कडाइ (भिडिओसहित)

काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिएको छ ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गरेको हो । उपत्यकामा कार्यालय समयमा सवारी चाप देखिएको छ भने अन्य समय अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रतिक्रिया