सेयरमा ५४ अंकको उछाल, ७ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो तथा निषेधाज्ञाको चौथो दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । यस दिन ५३.९९ अंकले बजार बढेर परिसूचक २६६५.११ बिन्दुमा पुगेको छ ।

यस दिन ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँमा २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये १८३ कम्पनीको सेयर मूल्य बढेको छ । २५ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ ओटा कम्पनीको मूल्य स्थिर छ ।

विशाल बजार कम्पनी, महिला लघुवित्त, सिंगटी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्कित लागेको छ । एभरेष्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड, एनआइर्बील समृद्धि फण्ड जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया