पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त‚ आजै विपक्षी दलले बहुमत दाबी गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शंकर पोखरेल पुनःनियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धाराले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ ।

यसरी नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको छ । पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

आजै साँझ ४ बजे विपक्षीले आफूहरूको बहुमत दावी गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

प्रतिक्रिया