नागरिक एपमा थपिए नयाँ फिचर

काठमाडौं । सरकारले ल्याएको नागरिक एपको नयाँ फुल भर्सन आइतबार सार्वजनिक गरिएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भर्सनको शुभारम्भ गरेका हन् ।

के के छन् नयाँ फिचर ?

हाल सञ्चालमा आएको नागरिक एपबाट स्थायी लेखा नम्बर (पान) लिन सकिन्छ । त्यस्तै, पुलिस रिपोर्ट भनिने गरिएको ‘पुलिस क्लियरेन्स रिपोर्ट’ लिन, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण सकिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिन, हेलो सरकारमार्फत गुनासो टिपाउन सकिन्छ । तर, यो नागरिक एप सञ्चालनका लागि आफ्नै नाममा भएको मोबाइल नम्बर प्रयोग गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

सरकारी तथा सार्वजनिक प्रशासनिक सेवा प्रणालीलाई डिजिटलाइन्ज गर्ने सरकोको नीति अनुरुप नागरिक एपको विकास गरिएको हो । पछिल्लो समय कतिपय क्षेत्र पूर्ण रुपमा र कतिपय क्षेत्रको सेवा प्रणाली आंशिक रुपमा अनाइन प्रणालीमा रुपान्तरण गरिसकिएको छ ।

प्रतिक्रिया