निषेधाज्ञाको तेश्रो दिन : सुनसान उपत्यका

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकामा बिहीबारदेखि लागू गरिएको निषेधाज्ञा जारी छ । कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै लागू भएको निषेधाज्ञाका कारण शनिबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ ।

शनिबार सार्वजनिक सेवाका कार्यालयहरु पनि बन्द रहेका कारण सडकमा अत्यावश्यक बाहेका सवारी शून्य छन् ।  अत्यावश्यक परेकाबाहेक अन्यलाई जथाभावी हिँड्डुल गर्न पनि रोक लगाइरहेको छ । त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन् भने शैक्षिक संस्था पनि बन्द रहेका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ । यस्तै देशका अन्य केहि जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया