मजदुर, दिवस र मजदुरी ! (तस्बिरहरु)
२०७८ वैशाख १८ गते

|साइकलको माध्यमबाबट श्रम गर्दै एक श्रमिक। तस्बिरः मकालु खबर|
काठमाडौं । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । १७ औं शताब्दीमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकामा मजदुरले गरेको संघर्षको सम्झनास्वरुप प्रत्येक मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
मजदुर दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रत्येक मजदुरको ज्याला १५ हजार पुर्याउने बचनबद्धता प्रकट गरेका छन् ।
दिवसका दिन विभिन्न ओहोदामा आसिनहरुले जति नै मिठा कुरा गरेपनि वास्तविकतामा मजदुरको जीवनमा गुणात्मक परिवर्तन भने आउन सकेको छैन ।
सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।






२०७८ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








