आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा ३.९८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विगभाले चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक तथ्यांका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धि दर (आर्थिक वृद्धि दर) सो अनुसार रहने प्रक्षेपण गरेको जनाएको छ ।

विभागले शुक्रबार आर्थिक चालू आथिृक वर्षको राष्ट्रिय लेखा सम्बन्धी तथ्यांक प्रकाशित गर्दै यस्तो जनाएको हो ।

कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव कति लामो समयसम्म रहला भन्न सकिने अवस्था नभएकोले अनुमान तयार गर्दाको २ हप्तापछिदेखि आर्थिक वर्षको अन्त्यसम्ममा कोभिड असर सामान्य रहने र आर्थिक क्रियाकलाप पनि सामान्य रुपमा सञ्चालनमा आउने अनुमानका आधारमा विभागले उक्त आकारको आर्थिक वृद्धि हुने अनुमान गरेको जनाएको छ ।

प्राप्त अनुमानहरुको अध्ययन गर्दा चालु आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ताको मूल्यमा ४.०१ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथकिक, द्वितीय र सेवा क्षेत्र गरी ३ क्षेत्रमा विभाजन गरेर अध्ययन गर्दा विगत ३ वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान बढेको विभागले उल्लेख गरेको छ । प्राथमिक क्षेत्रमा कृषि, वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्र पर्दछन् । चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २६.४ प्रतिशतको योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा २.७५ प्रतिशत हुने अनुमान गरेको छ ।

चालू वर्ष धानको उत्पादमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिमा गत वर्षभन्दा बढी रहेको जनाएको छ ।

त्यस्तै द्वितीय क्षेत्रअन्तर्गत पर्ने विद्युत् तथा ग्यास, पानीको आपूर्ति, निर्माण क्षेत्रले चालू वर्षको जीडीपीमा १२.५ प्रतिशतको योगदान दिने अनुमान गरेको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) को वृदिरदर स्थिर मूल्यमा ४.९३ प्रतिशत रहने अनुमान गरेको छ ।

ऊर्जा क्षेत्रको विस्तार, मेलम्ची खानेपानी आयोजनाको सञ्चालन, निर्माणमा आएको वढोत्तरीलगायतले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि बढाएको विभागले जनाएको छ ।

सेवा क्षेत्रअन्तर्गत पर्ने थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार, भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट, पेशागत तथा प्रशासनकीक व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्यलगायत सेवाले जीडीपीमा ६१.१ प्रतिशतको योगदान गर्ने अनुमान विभागको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए)को वृद्धिदर ४.४३ प्रशित रहने विभागको अनुमान छ ।

चालू वर्षको जीडीपीमा कृषि वन तथा मत्स्य क्षेत्रले २५.८३ र गैरकृषि क्षेत्रले ७४.१७ प्रतिशतको योगदान गर्ने अनुमान विभागको छ ।

यस्ता छन् संक्षिप्त अनुमानात्मक सूचक 

 

प्रतिक्रिया