नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता, स्वाप रेरियो ३५ प्रतिशत

काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्वाएर) गर्ने भएको छ । शुक्रबार नविल र युटाइटेडबीच एक्वायरसम्बन्धी सम्झाैता पत्रमा हस्ताक्षर भएको छ । नविल बैंकका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेम्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नविलले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्दा स्वाप रेरियो भने ३५ प्रतिशत अर्थात १ : ०.३५ तोकिएको छ । अर्थात् युनाइडेड फाइनान्सको १०० कित्ता सेयरबराबर नविल बैंकको ३५ कित्ता सेयर कायम हुने भएको छ ।

नविल बैंक र युनाइटेड फाइनान्स दुबैमा चौधरी समुहको लगानी छ । त्यस्तै, यी दुबैमा बैंकमा विदेशी लगानी पनि छन् ।

प्रतिक्रिया