अविश्वासको प्रस्तावमा बहुमत जुटिसकेको छैन : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न बहुमत पुग्ने अवस्था नभएको जनाएको छ ।

कोभिड–१९ को महामारीबारे पार्टीको आधिकारिक धारणा तय गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति शेरबहाुदर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्नेबारे दलहरूबीच छलफल भइरहेपनि अहिले नै बहुमत पुग्ने अवस्था नरहेको बताएका हुन् ।

‘अहिले नै अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था आइसकेको छैन’, देउवाले भने‚ ‘बहुमत त पुग्नुपर्‍यो नि ।’ यसबारेमा जसपालगायत दलसँग छलफल भइरहेको पनि उनले बताए । छलफलमा के भइरहेको छ भन्नेबारे पत्रकारको जवाफमा देउवाले ठट्यौलो पारामा भने‚ ‘छलफल भइरहेको छ, के के कुरा भइरहेको भन्नेबारे त सबै कहाँ भन्छु यार, पछि निश्चित भएपछि भनौंला, तपाईँहरू सबैलाई बोलाएरै भनौँला नि !’

प्रतिक्रिया