सीईडीबी हाइड्रो पावरको आईपीओ खुल्यो

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरका २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कुल निष्कासनको २ प्रतिशतले हुन आउने ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले सेयर निष्कासन गरेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २ सय ३० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । छिटोमा वैशाख २१ गतेसम्ममा सेयर निष्काशन बन्द हुने छ ।

कम्पनीले लमजुङमा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । सीईडीबीकै लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड नामको निर्माण कम्पनीले दोर्दी खोला, खारे खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने जनाएको छ ।

सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रहेको छ ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसधारणलाई बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुने जनाएको छ ।

 

प्रतिक्रिया