हवाई यात्रा सुरक्षित भएकाेले उडान राेकिँदैन : वायु सेवा सञ्चालक

काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले हवाई यात्रा सुरक्षित रहेको जनाएको दोहोर्याएकाे छ ।

बुधबार मात्रै हवाई यात्रा सुरक्षित भएको र सरकारको निर्णय अनुसार कुनै आन्तरिक उडान नरोक्ने जानकारी गराएको संघले बिहीबार पुनः विज्ञप्ती जारी गर्दै हवाई यात्रा सुरक्षित रहेकोले आन्तरिक उडान रोक्नु नपर्ने जनाएको हो ।

‘हवाई यात्रा सुरक्षित भएकोले कुनै पनि देशले आन्तरिक उडान रोकेका छैनन्,’ सघंका प्रवक्ता योगराज कँडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने अनुगमन समिति बनाएर अनुगमन गरिएको छ ।’
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा समितिले अनुगमन गरेको र सोही अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले समेत आन्तरिक टर्मिनलको निरीक्षण अनुगमन गरेको बताए ।

संघका कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध, यति, श्री, समिट र सौर्य एयरलाइन्सका प्रतिनिधिसम्मिलित अनुगमन समिति बनाई अनुगमन सुरु गरिएको संघले जनाएको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी हुनुभन्दा एक दिन अघि १५ वैशाखमा सबैभन्दा बढी १५ हजार यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका थिए । बुधबार भने यात्रु र उडान संख्या घटेको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977075190″ /]

प्रतिक्रिया