पुनर्बीमा कम्पनी स्थापना गर्न प्रस्ताव माग

काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव माग गरेको छ । नेपालमा पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन निजी क्षेत्रको लगानीमा अर्को एक पुनर्बीमा कम्पनी स्थापना गर्न लागेको भन्दै समितिले प्रस्ताव आह्वान गरेको हो ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको, हाल सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा क्रस होल्डिङ लगानी नभएको लगानीकर्ताको प्रस्ताव मात्र स्वीकार गरिने समितिले जनाएको छ ।

प्रस्तावक लगानीकर्ताहरुको प्रस्तावको अध्ययन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कम्पनीलाई छनोट गरी पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अघि बढाउने समितिले जनाएको छ ।

यसअघि नै झण्डै ४ निजी लगानीकर्ताले पुनर्बीमा कम्पनी स्थापनाका लागि समितिमा प्रस्ताव लगेका थिए । तर, ती सबै प्रस्तावलाई खारेज गर्दै समितिले निजी क्षेत्रबाट तत्कालका लागि एउटा मात्रै पुनर्बीमा कम्पनी स्थापना गर्ने जनाएको छ ।

समितिले सूचना प्रकाशित भएको मितिले २१ औं दिनको १२ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

र, याे पनि पढ्नुहाेस्– 

नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन सुरू

 

 

 

प्रतिक्रिया