पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना
२०७८ वैशाख १६ गते

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५९७ पिसिआर परीक्षणका क्रममा ४८३१ र ९६३ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोनामुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।
हाल ३४ हजार ११७ सक्रिय संक्रमित आइसोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ ।
२०७८ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित









