एनआईसी एशिया बैंकद्वारा ‘एकीकृत हेल्प डेक्स’ सेवा सुरु

काठमाडौं । एनआईसी एसिया बैंकले निषेधाज्ञा अवधिमा सेवाग्राहीलाई सहज रुपमा सेवा दिन बिहीबारदेखि ‘एकीकृत हेल्प डेक्स’ सेवा सुरु गरेको छ । असहज परिस्थितिमा ग्राहकलाई बैंकले अत्यावश्यक सेवा थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको जनाएको छ ।
बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यम (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आईसर्भर) को माध्यमबाटै बैंकिङ सेवा लिन सक्ने जनाएको छ । उक्त डिजिटल माध्यमबाट सेवा लिन कठिन भए ,सेवा सम्बन्धी गुनासो भए वा कुनै जानकारी लिनु परे ग्राहकले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहलाई सम्पर्क गरी सजिलै एवं यथाशीघ्र समाधान पाउन सक्ने जनाएको छ ।
उक्त सेवाका लागि ग्राहकले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने जनाएको छ । यी नम्बरमार्फत उपलब्ध हुने आइभीआर पद्धतिबाट सम्बन्धित अधिकारीसँग कुरा गर्न सक्ने जनाएको छ ।
बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया एमओ बैंक) मा कस्टमर केयर सेवा समेत थप गरेको जनाएको छ ।
बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीलाई नै अग्रपंतिमा उभिएर ग्राहकको सेवामा सहयोग गर्न ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ ।
यस्ताे छ बैंकका एकीकृत सहायता केन्द्र र खटाइएका कर्मचारीकाे सूची–
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977075043″ /]








