बोलेरो दुर्घटनामा एकको मृत्यु

उदयपुर । उदयपुरमा भएको बोलेरो दुर्घटनामा एकजनाको ज्यान गएको छ । उदयपुरगढी –७ मा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उदयपुरगढीबाट गाईघाटतर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो मध्याह्न अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनामध्ये एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका-१ का ३७ वर्षीय शिव खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया