महासंघद्वारा उद्योग–व्यवसाय सुचारु राख्न माग

कामठाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय सुचारु राख्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । कोभिड महामारीमा पूर्ण रुपमा लकडाउन निशेधाज्ञा जारी गर्दा अर्थतन्त्रमा नराकारात्मक असर पर्ने भन्दै महासंघले यस्तो आग्रह गरेको हो ।

कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले गत आर्थिक बर्षमा १.९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रहेको भन्दै निजी क्षेत्रको सहकार्यमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने महासंघले आग्रह गरेको हो ।

महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै दोस्रो त्रैमासदेखि तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढ्दै जाँदा असर पर्ने बताएको जनाएको छ ।

‘सरकार, निजी क्षेत्र सहित आम जनता सबैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनु हो,’ महासंघले भनेको छ, ‘उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक छ ।’

महासंघले निषेधाज्ञा वा लकडाउन गरिएको समयमा पनि आर्थिक महत्वका ठूला परियोजनाको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाको सञ्चालन आवश्यक रहेको जनाएको छ । उत्पादित सामानको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीको आवतजावतलाई सहज बनाउन महासंघ सरकारसँग अनुरोध गरेको छ ।

रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने र उनीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग महासंघको छ ।

यसैगरि लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघ सरकारसमक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया