नेपालमा पछिल्ला १० दिनमा कोरोना संक्रमणदर

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकोमध्ये झण्डै २८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । परीक्षण गरिएका कूल १५ हजार ६ सय ८१ जनामध्ये २७.८२ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ ।

देशभर १४ हजार ६७२ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा चार हजार तीन सय ६४ जना र एक हजार ९ वटा एन्टिजेन परिक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण मंगलबार थप १८ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म ३१ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो १० दिनयताको परीक्षण र संक्रमणदर:

 

प्रतिक्रिया