कैलालीमा बिहीबारदेखि लकडाउन

धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि एकसातासम्मका लागि ‘लकडाउन’ गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणदर तीव्र बनेपछि लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

सोमबार मात्रै कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले दुई जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

रात्रिकालीन रुपमा मात्रै निषेधाज्ञा जारी गरिएको भन्दै विरोध भएको थियो । यहाँका बासिन्दाले केही दिन पूर्णलकडाउन गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया