थप ३५५६ जनामा कोरोना‚ १२ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार चार सय पिसिआर परीक्षणका क्रममा ३४ सय ४२ र ८९३ वटा एन्टिजेन परीक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १७६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप ३७८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७७ हजार ९५१ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २२ हजार ४३४ सक्रिय संक्रमित आइशोलेसनमा र ६५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया