पत्रकार पक्राउको घटनाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई सञ्चारमाध्यमको कार्यलयबाट पक्राउ गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले ध्यानकर्षण भएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारद्वय  लाई सञ्चारमाध्यमको कार्यालयबाट पक्राउ गरिएको र सञ्चारगृहमा छापा मारेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल नेपालले कारबाही गर्ने विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

‘समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम प्रेस काउन्सिल नेपालले कारबाही गर्ने गर्दछ ।’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले उच्च अदालत पाटनको अन्तरिम आदेश उल्लेख गर्दै अदालतको आदेशविपरीत धरपकड, बलजफती नगर्न ध्यानाकर्षणसमेत गराएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले आइतबार उक्त अनलाइनका दुई पत्रकारलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच गोप्य लिखित सहमति भएको भन्दै सो अनलाइनले समाचार छापेको थियो ।

प्रतिक्रिया