उपत्यकामा बिहीबारबाट सार्वजनिक यातायात बन्द गर्ने तयारी, खाका तयार हुँदै

काठमाडौं । बैशाख १६ गते विहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिलला अधिकारीहरुको बैठकले कोभिड–१९ को जोखिम बढ्दै गएकाले विहीवारबाट निषेधाज्ञा जारी गर्ने गरी तयारी गरिरहेको बैठकस्थलबाट एक प्रमुख जिल्ला अधिकारीले मकालु खबरलाई जानकारी दिए । ‘अहिलेलाई १६ गतेबाट सार्वजनिक यातायात बन्द गर्ने गरि निषेधाज्ञा लागू हुनसक्छ, हामी बैठकमै भएकाले यसलाई औपचारिक रुपमा निर्णय नै भएको भनेर भनिहाल्न अहिल्यै मिल्दैन ।’ उनले भने ।

के के कुरामा रोक लगाउने र वैकल्पिक ब्यवस्था कसरी मिलाउने लगायत विषयमा छलफल भइरहेको र बेठकपछि यसबारे आधिकारिक रुपमा भन्न सकिने उनले बताए ।

प्रतिक्रिया