स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजस्व सङ्कलन

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरू गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन लाख ५२ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारबाही गरी हालसम्म उक्त रकम राजस्व संकलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार/माइकिङ/जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशः तीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ ।

त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति एक सयका दरले जरिवाना गरी राजस्व संकलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए ।

प्रतिक्रिया