एनआइबीएलले १ अर्ब २० करोडको म्युचुअल फण्डका इकाई बिक्री खुला

काठमाडौं । नेपाल इन्भेटष्टमेन्ट बैंकको प्रवर्द्धनमा एनआइबीएल एस क्यापिटल लिमिटेडले म्युचुअल फण्डका इकाईहरुको प्राथमिक निष्काशन (आईपीओ) गरी बिक्री खुला गरेकाे छ ।

कम्पनीले सञ्चालनमा ल्याउन लागेको ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको १० वर्षे बन्दमुखी आयोजनाको उक्त म्युचुअल फण्डको इकाइहरुको बिक्री खुला गरेकाे हो । १ अर्ब २० करोड रुपैँयाको उक्त म्युचुअल फण्ड सञ्चालनमा ल्याउन कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट पाएको जनाएको छ ।

योजनाअन्तर्गत प्रति इकाई मूल्य १० रुपैयाँ दरका १२ करोड इकाई बिक्री गरिएकाे कम्पनीले जनाएको छ । यस बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि, बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापकका लागि र न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबर्द्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखिने कम्पनीले जनाएको छ ।

योजना मिति छिटोमा १३ वैशाखदेखि १६ वैशाखसम्म र ढिलोमा २७ वैशाखसम्म बिक्री खुला हुने कम्पनीले जनाएको छ । न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको इकाई खरिदका लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनअनुसार इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणमा लगानी गरीनेछ कम्पनीले जनाएको छ । उक्त लगानीबाट आर्जित मुनाफा इकाईधनीलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने योजनाको उदेश्य रहेको कम्पनीले जाएको छ ।

प्रभावकारी बार्षिक प्रतिफल (ईएआर)को रुपमा २१.४३ प्रतिशत योजनाका इकाईधनीलाई दिन सक्ने प्रक्षेपण गरीएको छ । योजनाका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बक्री गर्न सकिने व्यवस्था छ ।

आवेदनका लागि आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाइन आवेदन गर्न सक्ने जनाएको छ । त्यस्तै, विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैँक लिका तोकिएको शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिको लाजिम्पाट, काठमाण्डौँ स्थित प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

यसअघि पनि कम्पनीले ‘एनआईबिएल समृद्धि फण्ड –१’ नामको म्युचुअल फण्ड सञ्चालनमा ल्याइएको छ । ७ वर्षेअवधिको उक्त बन्दमुखी योजनाले लगानीकर्तालाई ६३.५ प्रतिशत नगल लाभांश वितरण गरिसकेको जनाएको छ । आगामी आर्थिक वर्षमा उक्त योजनाको ७ वर्ष अवधि पूरा भइ योजना बन्द हुने छ ।

प्रतिक्रिया